हात्तीकाे आक्रमणबाट माझीको मृत्यु
काठमाडाैं | मंसिर १८, २०८०
मोरङ: जंगली हात्तीको आक्रमणमा परेर मोरङ बेलबारीमा सोमबार एक जनाको ज्यान गएको छ। \
लेटाङ-३ का ५३ वर्षीय कमल माझीको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार साइकलमा हिडिरहेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेमा पर्ने सिर्जना सामुदायिक वन क्षेत्रमा आज बिहान हात्तीले आक्रमण गरेको थियो। माझी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा बोकेर बेलबारीतिर आउँदै थिए।
हात्तीको आक्रमणबाट गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको थियो। एक साता अघि मात्रै सुनसरीको इटहरीमा एक जनाको र दमकमा एक जना भुटानी शरणार्थीको हात्ती आक्रमणमा मृत्यु भएको थियो।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

